१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बाह्रबिसे बजारमा जनताको घर भत्काउन निषेधाज्ञा


५ माघ २०७६, आइतबार  

0
Shares


५ माघ ०७६, बाह्रविसे । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ ।
बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउने क्रममा स्थानीयबासीले विरोध गरेपयिछ झडप हुदा अप्रिय घटना हुन नदिन भन्दै निषेधाज्ञा जारी गरेको बताइएको छ ।
बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटोसहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।
सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो । सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि झडप भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : ०६ बजे