पञ्चाङ्ग
वि.सं. २०७६ माघ ७ । मंगलबार । इ.स. २०२० जनवरी २१ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । द्वादशी, २६ ः ४१ उप्रान्त त्रयोदशी । नक्षत्र– ज्येष्ठा, २५ ः ०१ बजे उप्रान्त मूल । योग– वृद्धि, ८ ः १३ बजेदेखि ध्रुव, ३० ः १४ बजे उप्रान्त व्याघात । करण– कौलव, १५ ः ०८ बजेदेखि तैतिल, २६ ः ४१ बजे उप्रान्त गर । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि– वृश्चिक, २ ः ०१ बजे उप्रान्त धनु । काठमाडौंमा सूर्योदय– ६ ः ५७ बजे, सूर्यास्त– १७ ः ३४ बजे र दिनमान २६ घडी २ पला ।
राशीफल
मेष– समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला ।
वृष– अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला ।
मिथुन– राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
कर्कट– परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
सिंह– अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।
कन्या– सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ ।
तुला– व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
वृश्चिक– आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
धनु– रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
मकर– काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ ।
कुम्भ– चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।
मीन– खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
७ माघ २०७६, मंगलबार
0
Shares
प्रतिक्रिया