८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (८ माघ २०७६, बुधवार)


७ माघ २०७६, मंगलबार  

0
Shares

पञ्चाङ्ग
वि.सं. २०७६ माघ ८ । बुधबार । इ.स. २०२० जनवरी २२ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । त्रयोदशी, २६ ः ०६ उप्रान्त चतुर्दशी । नक्षत्र– मूल, २५ ः ०१ ब्ज उप्रान्त पूर्वाषाढा । योग– व्याघात, २८ ः ३६ बजे उप्रान्त हर्षण । करण– गर, १४ ः २० बजेदेखि वणिज, २६ ः ०६ बजे उप्रान्त भद्रा । आनन्दादिमा ध्वज योग । चन्द्रराशि– धनु । काठमाडौंमा सूर्योदय– ६ ः ५७ बजे, सूर्यास्त– १७ ः ३४ बजे र दिनमान २६ घडी ४ पला । प्रदोष व्रत ।
राशीफल
मेष– रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ ।
वृष– तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ ।
मिथुन– जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ ।
कर्कट– मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ ।
सिंह– उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।
कन्या– स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।
तुला– विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ ।
वृश्चिक– आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ ।
धनु– नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ ।
मकर– गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ ।
कुम्भ– विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ ।
मीन– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन, होसियार रहनु होला ।

बिशेष काम गर्ने राम्रो समय बिहान ण्ठस्छढ देखि ण्डस्छढ

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ४५ बजे