८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (१२ माघ ०७६, आइतवार)


११ माघ २०७६, शनिबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ माघ १२ । आइतबार । इ.स. २०२० जनवरी २६ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० सिल्लाथ्व । माघ शुक्लपक्ष । द्वितीया, २८ ः ४९ उप्रान्त तृतीया । नक्षत्र– धनिष्ठा, २९ ः ५३ बजे उप्रान्त शतभिषा । योग– व्यतीपात, २५ ः ५८ बजे उप्रान्त वरियान् । करण– वालव, १६ ः ०४ बजेदेखि कौलव, २८ ः ४९ बजे उप्रान्त तैतिल । आनन्दादिमा मातंग योग । चन्द्रराशि– मकर, १६ ः ५२ बजे उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय– ६ ः ५६ बजे, सूर्यास्त– १७ ः ३८ बजे र दिनमान २६ घडी ६ पला । द्विपुष्कर योग २८ ः ४९ बजेसम्म । धनिष्ठा पञ्चक १६ ः ५२ बजे प्रारम्भ ।

राशीफल
मेष– नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ ।
वृष– पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ ।
मिथुन– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।
कर्कट– सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।
सिंह– सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ ।बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ ।
कन्या– अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् ।
तुला– बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला ।
वृश्चिक– चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
धनु– परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ ।
मकर– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला ।
कुम्भ– यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ
मीन– मनोरञ्जन पूर्ण समय रहेको छ . कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ११ : ३० बजे