२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


महानगरीय प्रहरी वृत्त जगातीद्वारा एक जना बस चालक सम्मानित


१४ माघ २०७६, मंगलबार  

0
Shares

१४ माघ ०७६,भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीद्वारा एक जना इमान्दार बस चालक सम्मानित भएका छन् । भक्तपुरको च्यामासिंह–रत्नपार्क रुटमा चल्ने बा.३ ख ४९०२ बस चलाउने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भएका सूर्य श्रेष्ठलाई  आज मंगलबार कार्यालयमा सम्मान गरेको हो ।

त्यस्तै गत  माघ १२ गते राती श्रेष्ठले चलाएको बस पाकिङ्ग गर्ने समयमा सहचालकले पछिल्लो सिटमा एउटा झोला भेटे । त्यसपछि श्रेष्ठले झोला खोलेर हेर्दा महत्वपूर्ण कागजपत्र देखे । उनले झोलाका सम्बन्धित व्यक्तिको नाम र मोवाईल नम्बर भएको देखेपछि फोन गरे ।

झोला धनी थिए टंक खनाल । जो केही समययता अमेरिकामा बसोबास गर्दै आइरेहका छन् । १३ गते हिजो छोराहरुको ब्रतबन्ध गर्न उनी नेपाल आएका उनका ज्वाई सीताराम खतिवडाले जानकारी दिनुभयो ।

चालक श्रेष्ठलाई त्यतिबेलासम्म झोलामा नगद रुपैयाँ थियो भन्ने पनि थाहा थिएन । जब खनालले झोलामा नगद १ लाख ४७ हजार ७५ रुपैया भएको बताए ।

त्यसपछि उनीहरु महानगरीय प्रहरी वृत्तको कार्यालय जगाती पुगे । प्रहरीले केही समयपछि झोला छुटेको गाडी अर्कै भएको पत्ता लगायो । अर्को बस थियो बा ३ ख २१४७, जसमा खनाल भक्तपुरको गट्ठाघरबाट चढेर नेपाल एयरलाइन्सको कार्यालय आगाडि झरे ।

प्रहरीले सोमबार खनालको झोला छुटेको बा ३ ख २१४७ बसको चालक र सहचालकलाई नियन्त्रणमा लियो । त्यसपछि झोला छुटेको बसका चालकले प्रहरीसमक्ष आफुले पैसा झिकेर झोलासूर्य श्रेष्ठको गाडीमा छोडेको बयान दिएका थिए ।

वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार झोला छुटेको बसका चालकले साे रकमबाट १५ हजारको मोवाइल किनेको र ५ हजार अन्य खर्च गरेको पाइएको छ । झोला देखेर खबर गर्ने चालक श्रेष्ठलाई प्रहरीले सम्मान गरेको छ । झोला हराउने खनालका तर्फबाट उनका ज्वाई खतिवडाले नगद ५ हजारसहित सम्मान गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  २ : ५६ बजे