८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( १७ माघ ०७६ )


१७ माघ २०७६, शुक्रबार  

0
Shares

राशिफल माघ १७, २०७६ – 31 January, 2020, शुक्रवार
षष्ठी – स्कन्दषष्ठी

पञ्चाङ्ग
वि.सं. २०७६ माघ १७। शुक्रबार। इ.स. २०२० जनवरी ३१। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। षष्ठी, १२:५९ उप्रान्त सप्तमी। नक्षत्र– रेवती, १५:५१ बजेउप्रान्त अश्विनी। योग– साध्य, २८:०१ बजेउप्रान्त शुभ। करण– तैतिल, १२:५९ बजेदेखि गर, २५:५७ बजेउप्रान्त वणिज। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– मीन, १५:५१ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:४२ बजे र दिनमान २७ घडी १ पला। पञ्चक १५:५१ बजे समाप्ति। स्कन्द षष्ठी। सर्वार्थसिद्धि योग अहोरात्र।

राशिफल :

मेष – शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला ।

वृष – चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला ।

मिथुन – माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ, आजको कुनै निर्णय खराब हुनसक्छ निर्णय गर्दा अलि विचार गर्नुपर्ला ।

कर्कट – नगद सहयोग गर्न बन्द गर्नुहोला, बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् ।

सिंह – धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला ।

कन्या – घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ ।

तुला – हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ ।

वृश्चिक – पति–पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ ।

धनु – नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ ।

मकर – बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडीबढ्नेछन् ।

कुम्भ – आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ ।

मीन – हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ६ : १९ बजे