३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


चापागाँउ बजार ः जहाँ बसपार्क नै छैन


२३ माघ २०७६, बिहिबार  

0
Shares

प्याङ्गगाँउ बसपार्क र प्याङ्गगाँउ खलो(पछााडि) । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२३ माघ ०७६, चापागाँउ । मध्य तथा दक्षिण ललितपुरको केन्द्र चापागाँउ बजार । जहाँ सधै भिडभाड छ । दक्षिण ललितपुरको महाँकाल,वागमती र कोञ्ज्योसोम गाँउपालिका र उत्तरी मकवानपुरको मुख्यबजार पनि यही हो । गोदावरी नगरको मुकाम तोकिए यता यो ठाँउ छम्पी,झरुवाराशी,लेले,देविचौरलगायत गाँउको केन्द्र हुने नै भयो ।
सधै यात्रुको चाप रहने चापागाँउमा बसपार्क नहुँदा कन्तविजोक छ । एकातिर बस रोक्ने ठाँउ नहुँदा ट्राफिक समस्या छ भने अर्कोतर्फ यात्रुको भीडभाड र सास्ती ।
चापाँगाँउ –लगनखेल रुट चल्ने पुरानो बसपार्क चापागाँउ बजारमा थियो । यहाँ बस राख्ने कुनै व्यवस्थित ठाँउ भने थिएन । सडकमै बस रोकिन्थ्यो, सडकमै बसपार्क ।
२०५५ सालमा बसपार्क प्याङ्गगाँउ स¥यो । प्याङ्गगाँउका रैथाने नेवार समुदायले धान सुकाउने खलोको रुपमा प्रयोग हुने हुँदा यसलाई प्याङ्गगाँउ खलो पनि भनिन्छ । आफ्नो धान सुकाउने खलोमा बस घुम्न थालेपछि स्थानीयले विरोध गरे । अनि पर्खाल लगाएर वसपार्कको साँध तोकियो । त्यो मुस्किलले ८÷१० वटा बस अट्ने साँधुरो वसपार्क गतसाल सडक विस्तारपछि थप खुम्चियो ।
ठाँउको अभाव झेल्न थालेपछि यहाँका राजनीतिक वृत्तमा सधै व्यवस्थित वसपार्क निर्माण गर्ने बहस छेडिन्छ । तर दुई चार दिनको गफगाफपछि कुरो त्यसै सेलाएर जाने गरेको स्थानीय दिनेश घिमिरे बताउनु हुन्छ ।

टाहाखेल चौतारामा सडकमै रोकिएका बसहरु ।

तीनबर्षअघि टिकाभैरव रत्नपार्क रुटमा बज्रवाराही यातयात संचालनमा आएपछि वस व्यावसायीहरुबीच प्रतिश्पर्धा बढ्यो । प्याङ्गगाँउको वसपार्क पनि टाहाखेल स¥यो । वसपार्क त स¥यो तर ठाँउ अभावले सडकमै बस रोक्न थालियो । आज पनि वसर्पा नहुदा टाहाखेलद सडकमै वस रोकिन्छन् ।

वसपार्कको दिर्घकालीन व्यवस्थापनका लागि टाहाखेलस्थित आनन्दवनको जंगलमा रहेको पूर्णलालको खानीमा वसपार्क राख्न स्थानीयवासीले सुझाव दिए । तर प्रदेश सरकारले खेलमैदान निर्माण गर्ने योजना सार्वजनिक गरेपछि वसपार्क फेरि अलपत्र प¥यो ।
पूर्णलालको खानीमा खेलमैदान निमार्ण प्रकृया अघि बढेपछि टाहाखेल कोटडाँडामा बसपार्क बनाउने योजना बनेको प्रदेश सासंद चेतनाथ सञ्जेल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,‘यहाँको सडकको घुम्ती काटेर दर्जनौ वस अट्ने बसपार्क बनाउन सकिन्छ ।’


टाहाखेल कोटडाँडामा माटो भरेर चौर निर्माण गरिदै ।

यातयात व्यावसायी भने त्यो ठाँउ दिर्घकालीन रुपमा वसपार्क राख्न योग्य नरहेको भन्दै विरोध गरेका छन् । चापागाँउ लगनखेल रुट चल्ने बसधनी विष्णुमाया तामाङ्ग भन्छिन्,जंगलको छेउ साधुरो ठाँउमा वसपार्क बनाएर काम छैन । वसपार्क त खुला ठाँउमा पो हुनुपर्छ ।
वसपार्क भनेको बस अड्याउने ठाँउ मात्रै नभएर अन्य पुर्वाधार पनि आवश्यक पर्ने व्यावसायीहरुले तर्क गर्दै आइरहेका छन् ।
उनीहरुका अनुसार वसपार्कनजिक व्यवस्थित होटल,लज,मोटरपाट्स शौचालय यथेष्ट विश्राम स्थल, यात्रु उभिने चौर र पसलहरुजस्ता थुप्रै पुर्वाधार चाहिन्छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ८ : २८ बजे