८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२५ माघ ०७६ शनिबार)


२५ माघ २०७६, शनिबार  

0
Shares

राशिफल माघ माघ २५, २०७६ – 8 February, 2020, शनिवार ।
चतुर्दशी – पशुपतिनाथको छायाँ दर्शन/ पूर्णिमा व्रत।

पञ्चाङ्ग :
वि.सं. २०७६ माघ २५। शनिबार। इ.स. २०२० फेब्रुवरी ८। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। चतुर्दशी, १५:१२ उप्रान्त पूर्णिमा। नक्षत्र– तिष्य, २१:५५ बजेउप्रान्त अश्लेषा। योग– आयुष्मान्, १९:०८ बजेउप्रान्त सौभाग्य। करण– वणिज, १५:१२ बजेदेखि भद्रा, २६:२३ बजेउप्रान्त वव। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:४८ बजे र दिनमान २७ घडी ८ पला। श्री पशुपतिनाथको छाया दर्शन। पूर्णिमा व्रत।

मेष – अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

वृष – व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ।

मिथुन – खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला ।

कर्कट – सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।

सिंह – काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ।

कन्या – व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

तुला – विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ।

वृश्चिक – गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला ।विभिन्न सहयोग र उपहार पाइनेछ।

धनु – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मकर – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

कुम्भ – बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।

मीन – आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ६ : ४७ बजे