८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मोडल करिष्मा र शिवको ‘माछी खोलिमा’ बजारमा (भिडियो)


२५ माघ २०७६, शनिबार  

0
Shares


२५ माघ ०७६, काठमाडौं । पछिल्लो समयमा चर्चा बटुल्न सफल मोडल शिव खड्का र करिष्माढकाल अभिनित ‘माछी खोलिमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
“यो भन्दा अगाडि गरेको म्युजिक भिडियोमा पनि सबै जनाले राम्रो प्रतिकृया दिनु भयो । मलाई लाग्छ, यो भिडियोलाई हेरेर राम्रो प्रतिकृया दिनुहुनेछ।” मोडल खड्काले भने ।

 

मोडल शिव खड्काले ‘घर बार भाछैन’ म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका थिए भने उनले अभिनय गरेका दोस्रो म्युजिक भिडियो ‘तिमी भन्छौ’ र ‘माछी खोलिमा’ गरी तीन वटा म्युजीक भिडियोमा अभिनय गरिसकेका छन् । अब कलाकारीता यात्रालाई निरन्तरता दिने र नयाँ भिडियोहरुकोकाम पनि गर्दै अघी बढ्ने मोडल खडकाको भनाइ छ । मोडल खड्का युवा ब्यवसायीसमेत हुन । उनी दिर्घायु लजिस्टिक प्राली र नमोबुद्ध लजिस्टिक प्रालिको सञ्चालकको रुपमा कार्यरत छन ।
समिर आचार्य र प्रकाश अकेलाको प्रस्तुती रहेको उक्त गीतमा समिर आचार्य र सुनिता गिरिको आवाज रहेको छ् । कृष्ण बस्यालको शब्द रचना,अर्जुन सापकोटाको लय रहेको गीतमा बेद आचार्य र सपना कुँवरको कोरस रहेको छ ।
भिडियोलाई कोरियोग्राफि र निर्देशन ट्यालेन्टेड निर्देशक एंव
कोरियोग्राफर प्रतिक ङेसुरले भिडियोमा नयाँ प्रयोग गरेका छन भने छायांकन,सम्पादन,कलर र ड्रोन सुर्य लामाले गरेका छन । भिडियोमा मोडल शिव खड्का र करिष्मा ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : ०१ बजे