८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२७ माघ २०७६,साेमवार)


२७ माघ २०७६, सोमबार  

0
Shares

राशिफल माघ २७, २०७६ – 10 February, 2020, सोमवार

पञ्चाङ्ग :
वि.सं. २०७६ माघ २७। सोमबार। इ.स. २०२० फेब्रुवरी १०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। प्रतिपदा, ११:३० उप्रान्त द्वितीया। नक्षत्र– मघा, १९:२५ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– शोभन, १३:३९ बजेउप्रान्त अतिगण्ड। करण– कौलव, ११:३० बजेदेखि तैतिल, २२:२६ बजेउप्रान्त गर। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:५० बजे र दिनमान २७ घडी ५ पला।

१) मेष – बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्।

२) वृष – जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ।

३) मिथुन – रोकिएका काम बन्न थाल्नेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ।

४) कर्कट – जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।

५) सिंह – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ।

६) कन्या – पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन् ।

७) तुला – आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ ।

८) वृश्चिक – सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ।

९) धनु – पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ।

१०) मकर– शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ।

११) कुम्भ – बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ।

१२) मीन – उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : ३७ बजे