८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (०२ फाल्गुन ०७६ शुक्रबार)


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

राशिफल फाल्गुन २, २०७६ – 14 February, 2020, शुक्रवार
पञ्चाङ्ग  :

वि.सं. २०७६ फागुन २। शुक्रबार। इ.स. २०२० फेब्रुवरी १४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। षष्ठी, २४:०२ उप्रान्त सप्तमी। नक्षत्र– चित्रा, १२:५६ बजेउप्रान्त स्वाती। योग– गण्ड, २२:१४ बजेउप्रान्त वृद्धि। करण– गर, १३:०८ बजेदेखि वणिज, २४:०२ बजेउप्रान्त भद्रा। आनन्दादिमा मुसल योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २७ घडी ० पला।

मेष – विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन्। परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला।

वृष – धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्।

मिथुन – सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ।मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कर्कट – मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

सिंह – स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ।

कन्या – खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन्
तुला – नाता गाँस्नेहरूले केही दुःख दिनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ।

वृश्चिक – पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्।

धनु – सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् ।

मकर – आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। विवादले मन खिन्न तुल्याउन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन्।

कुम्भ – व्यावहारिक झमेला आइलाग्न सक्छन्। तर अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।

मीन – इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ६ : ३४ बजे