८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (०३ फाल्गुन ०७६ शनिवार)


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

राशिफल फाल्गुण ३, २०७६ – 15 February, 2020, शनिवार

पञ्चाङ्ग :

वि.सं. २०७६ फागुन ३। शनिबार। इ.स. २०२० फेब्रुवरी १५। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। सप्तमी, २२:२१ उप्रान्त अष्टमी। नक्षत्र– स्वाती, ११:३० बजेउप्रान्त विशाखा। योग– वृद्धि, १९:२१ बजेउप्रान्त ध्रुव। करण– भद्रा, ११:०० बजेदेखि वव, २२:०१ बजेउप्रान्त वालव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– तुला, २८:३८ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:४४ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २७ घडी ४ पला। सर्वार्थसिद्धि योग ११:०० देखि ११:३० बजेसम्म। त्रिपुष्कर योग ११:३० देखि २२:०१ बजेसम्म।

राशिफल स:

मेष – रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। खुसीको समाचार सुन्न पाइनेछ।

वृष – टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ।

मिथुन – आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट – मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ।

सिंह – बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ।

कन्या – कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ। मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन्। प्रेम सम्बन्धमा समस्या आउला।

तुला – वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन्।

वृश्चिक – बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ।

धनु – नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला।

मकर – आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ ।

कुम्भ – कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ।

मीन – पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : ०५ बजे