८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( ०४ फाल्गुन ०७६ आइतवार )


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

राशिफल फाल्गुण ४, २०७६ – 16 February, 2020, आइतवार
अष्टमी – अष्टमी व्रत/ गोरखकाली पूजा

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन ४। आइतबार। इ.स. २०२० फेब्रुवरी १६। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। अष्टमी, २०:१५ उप्रान्त नवमी। नक्षत्र– विशाखा, १०:१८ बजेउप्रान्त अनुराधा। योग– ध्रुव, १६:४१ बजेउप्रान्त व्याघात। करण– वालव, ९:०६ बजेदेखि कौलव, २०:१५ बजेउप्रान्त तैतिल। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:५४ बजे र दिनमान २७ घडी ८ पला। अष्टमी व्रत। गोरखकाली पूजा।

राशिफल :

मेष – वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ।

वृष – घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ।

मिथुन – नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ।

कर्कट – व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ।

सिंह – प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ।

कन्या – स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ।

तुला – परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ।

वृश्चिक– विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ।

धनु – अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्।

मकर – दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ। खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्।

कुम्भ – लामो समयदेखि रोकिएका काम सम्पादन होलान्। भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ।

मीन – धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : २१ बजे