८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (५ फाल्गुन ०७६ सोमवार)


५ फाल्गुन २०७६, सोमबार  

0
Shares

राशिफल फाल्गुण ५, २०७६ – 17 February, 2020, सोमवार

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन ५। सोमबार। इ.स. २०२० फेब्रुवरी १७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। नवमी, १८:५० उप्रान्त दशमी। नक्षत्र– अनुराधा, ९:२४ बजेउप्रान्त ज्येष्ठा। योग– व्याघात, १४:१७ बजेउप्रान्त हर्षण। करण– तैतिल, ७:३० बजेदेखि गर, १८:५० बजेपछि वणिज, ३०:१६ बजेउप्रान्त भद्रा। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:४२ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान २८ घडी २ पला। सर्वार्थसिद्धि योग ९:२४ बजेसम्म।

राशिफल

मेष – आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ।
वृष – सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ।
मिथुन – आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ।
कर्कट – विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला।
सिंह – काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
कन्या – शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्।
तुला – घरखर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। ।
वृश्चिक – अरूको भरपर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
धनु – आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ ।
मकर – रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ।
कुम्भ – अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ। एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्।
मीन – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ।

राशिफल हेर्न र सुन्नका लागि भिडियो हेर्नुहोस ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : १९ बजे