
१२ फागुन ०७६, कलंकी । थानकोटबाट कलंकीतर्फ आइरहेको एक ट्रक दुर्घटनामा पर्दा चितवनका शम्सेर गुरुङ्गको मृत्यु भएको छ । दुर्घटनाका क्रममा ९ वटा गाडीमा क्षति पुगेको छ ।मोटरसाइकल र गाडीहरुलाई ठक्कर दिएको थियो । महानगरिय प्रहरी बृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले जानकारी दिए अनुसार आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक १ स्कोर्पियो, १ ट्याक्सी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा चार जना घाइतेको विर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको छ ।
सर्लाही घर भएका ट्रक चालक वीरेन्दुकुमार साहलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए। ट्रक पनि नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको उनले बताए ।
१२ फाल्गुन २०७६, सोमबार
0
Shares







प्रतिक्रिया