४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लकडाउन कार्यान्वयन नभएपछि जुम्लामा कर्फ्यु


१२ चैत्र २०७६, बुधबार  

0
Shares


१२ चैत्र ०७६, जुम्ला सिजा । जुम्लामा कोरोनाको नियन्त्रण र रोकथामका लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले निषेधाज्ञा पालना राम्रो नभएकाले निषेधाज्ञा गरिएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञामा औषधोपचार, खाद्यान्न अपूर्ति र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ । अनुमतिप्राप्त गाडी तथा सुरक्षा र स्वास्थ्यकर्मीका गाडीबाहेक अन्यमा निषेधाज्ञा जारी गरिएको प्रजिअ बञ्जाडेले जानकारी गर्नुभयो ।
निषेधाज्ञा जारी गरेपछि अहिले जिल्ला सदरमुकाम बन्द भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा अतिआवश्यक औषधि र खाद्यवस्तु खरीद गर्न बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म समय निर्धारण गरिएको छ । स्वास्थ्य कक्षहरुमा आजै नेपाली सेना खटाइएको प्रजिअ बञ्जाडेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : ४४ बजे