८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ जेठ १२, सोमबार)


१२ जेष्ठ २०७७, सोमबार  

0
Shares


आज २०७७ जेठ १२ गते सोमबार तदनुसार मे महिनाको २५ तारिख । तृतीया, धृति तैतुला म्रृगशीर्षा , ईद उल फितर। ज्योतिष विद्यान अनुसन्धान केन्द्रका ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित राशीफल यस प्रकार छ ।
मेष– फसेको पैसा आज उठ्न सक्छ । तपाईंले प्रयास भने गर्नै पर्ने देखिन्छ, साथीभाइले सरसहयोग गर्नेछन । मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ ।
वृष– अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ, नचाइने ठाउमा धनको नाश होला ।
मिथुन– निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होेला ।
कर्कट– पर्याप्त धन लाभ हुनेछ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने हठोट गरे सफल भइनेछ ।
सिंह– आम्दानि अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ । खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ ।
कन्या– कमाइ कम खर्च बडी हुनेछ । सानो कुराले आज बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ ।
तुला– काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सोचेको जति फाइदा नबने पनि केहि बन्नेछ । व्यवारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्, आज आलस्यले पनि सताउला ।
वृश्चिक– आर्थिक पक्षमा रुपमा सुधारको महशुस हुनेछ । पूजापाठमा ध्यान जाने खालको दिन रहेको छ । भग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ ।
धनु– व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ । फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला ।
मकर– वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, परीवारमा झमेला होला । आर्थीक पक्ष्य ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला ।
कुम्भ– मान सम्मान पाए पनि मनमा डर रहनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ ।
मीन– प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका पनि छ । मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन, पढाइमा पनि प्रगति होला ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ६ : २९ बजे