८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ जेठ २३, शुक्रबार)


२३ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


आज २०७७ जेठ २३ गते शुक्रबार तदनुसार जुन महिनाको ०५ तारिख । पूर्णिमा, ज्येष्ठ शुक्लपक्ष । ज्यापुन्ही, विश्व वातावरण दिवस, अनला पुन्ही, मष्टो पूर्णिमा । ज्योतिष विद्यान अनुसन्धान केन्द्रका ज्योतिष पण्डित तुलसी भारद्धाजद्वारा लिखित राशीफल यस प्रकार छ ।
मेष– स्वस्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ, । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ ।
वृष– बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भई धनलाभ होला ।
मिथुन– कुरा काटनेहरु प्रसस्थ बढनेछन । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् सावधान रहनु होला ।
कर्कट– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ ।
सिंह– आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
कन्या– आम्दानीको नयाँश्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विस्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।
तुला– विबाद बढने सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।
वृश्चिक– कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयाँ पैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
धनु– आज तपाइको धनलाभको योग छ साथै दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
मकर– नयाँ ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।
कुम्भ– स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गाह्रो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।
मीन– अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ, काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानी पुग्दैन, दिन ठिकै छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ५ : १५ बजे