८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असार ४,विहीबार)


४ असार २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार ४ गते विहीबार तदनुसार जुन महिनाको १८ तारिक । नेपाल सम्बत ११४० । तिथि दशमी । शक संवत् १९४२ नेपाल संवत् ११४० तछलागा प्रमादी उत्तरायण ग्रीष्म बुधवार आषाढ कृष्णपक्ष तिथि द्वादशी , ०९ः१६ बजे उप्रान्त त्रयोदशी नक्षत्र भरणी , ०८ः४६ बजे उप्रान्त कृत्तिका योग सुकर्मा , १५स्३६ बजे उप्रान्त धृति करण तैतिल ०९ः१६ बजेदेखि गर , २२ः०० बजे उप्रान्त शकुनि चन्द्रराशि मेष आनन्दादि योग पद्म दिनमान३४।३५सूर्योदय ०५ः१० सूर्यास्त १९ः०० प्रदोष व्रत ।
। ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प. तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– काममा कठिनाई देखिए पनि अन्ततः खशी मिल्नेछ । घर–जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ सफलता पनि मिल्नेछ ।
वृष– प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यपार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा पैगति हुने देखिन्छ ।
मिथुन– दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार–व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ ।
कर्कट– समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ ।
सिंह– मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । ।
कन्या– सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रोतहरू बड्नाले मन प्रसन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बडेनेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ ।
तुला– कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ ।
वृश्चिक– सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । ।
धनु– नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ ।
मकर– आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । याात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ, घरघडेरीको व्यापार–व्यवसायमा लाभ मिल्ला ।
कुम्भ– रोकिएका काम बन्नेछन, व्यापार–व्यवसायमा उन्नति हुनेछ । काममा जसपाउने सम्भावनाछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखनकार्यमा मन लाग्नेछ ।
मीन– विश्वासपात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ३३ बजे