८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असार ५,शुक्रबार)


५ असार २०७७, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार ५ गते शुक्रबारबार तदनुसार जुन महिनाको १८ तारिक ।
शक संवत् १९४२ नेपाल संवत् ११४० तछलागा प्रमादी उत्तरायण ग्रीष्म बिहीवार आषाढ कृष्णपक्ष तिथि त्रयोदशी , १०ः३७ बजे उप्रान्त चतुर्दश निक्षत्र कृत्तिका , १०ः४६ बजे उप्रान्त रोहिणी योग धृति , १ःस्४० बजे उप्रान्त शूल करण वणिज १०ः३७ बजेदेखि भद्रा , २३ः०८ बजे उप्रान्त नाग चन्द्रराशि वृष आनन्दादि योग छत्र दिनमान ३४।३६ सूर्योदय ०५ः१० सूर्यास्त १९ः०० । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प. तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ, प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला । पारिवारिक समस्या ले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।
वृष– दीर्घकालीन नबनेका काम बन्नेछ, आयआर्जन र विद्यामा बुद्धि हु्नेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुट्ला ।
मिथुन– मानसमान पदप्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।
कर्कट– प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
सिंह– सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
कन्या– शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
तुला– शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि फाइदा होला । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।
वृश्चिक– प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।
धनु– लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ र्। खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।
मकर– जागिरमा पदोन्नतिको योग छ । अध्ययनअध्यापन फलदायी रहनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ ।
कुम्भ– बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
मीन– आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : २४ बजे