५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १६ उडान


७ असार २०७७, आइतबार  

0
Shares

ललितपुरको लेलेबाट देखिएका अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यकाको दृश्य । तस्वीर ः प्रदीपराज वन्त/रासस

७ असार ०७७, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्पm नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो ।
विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो । आजमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौँ ल्याएको छ ।
यस्तै हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौँ ल्याएको छ । कोरियन एयरले दक्षिण कोरियाबाट २२८ नेपाल काठमाडौँ ल्याएको छ । सोही एयरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ ।
त्यस्तै जजिरा एयरले कुवेतबाट १५० नेपाली ल्याएको छ । एयरअरेबियाले सारजहाबाट १६८ यात्रु र बच्चा ल्याएको छ । कतार एयरवेजले दोहाबाट कार्गो ल्याएको छ । नेपाली यात्रु लिन आजै नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्से ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।
आन्तरिकतर्फ आज श्री एयर, सीता एयर, समिट एयर, तारा एयर, मनाङ एयर र सिम्रिक एयरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : ३० बजे