८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असार ८,सोमबार)


८ असार २०७७, सोमबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार ८ गते सोमबार तदनुसार जुन महिनाको २२ तारिक २०२० । शक संवत् १९४२ । नेपाल संवत् ११४० । दिल्लाथ्व प्रमादी । उत्तरायण ग्रीष्म । आइतवार आषाढ शुक्लपक्ष तिथि प्रतिपदा , ११ः५१ बजे उप्रान्त द्वितीया नक्षत्र आर्द्रा, १४ः०० बजे उप्रान्त पुनर्वशु योग वृद्धि , १३ः३५ बजे उप्रान्त ध्रुव करण वव ११ः५१ बजेदेखि वालव , २३ः३७ बजे उप्रान्त गर चन्द्रराशि मिथुन आनन्दादि योग काल दिनमान ३४।३६ सूर्योदय ०५ः११ सूर्यास्त १९ः०१ भूमिरज । सूर्योदयकालीन स्पस्ट ग्रहहरू सूर्य ( २ः०६ः३३ः३० चन्द्र ( २ः१५ः११ः०३ मंगल ( १०ः२७ः३४ः१८ बुध ( २ः१२ः०५ः५६ बृहस्पति ( ९ः०३ः११ः२१ शुक्र ( १ः०५ः४९ः०१ शनि ( ९ः०३ः२४ः२३ राहु ( २ः०४ः९४ः३२ क्रान्ति ( उ. २३ः२६ वेलान्तर ( (ं) २ः०६। ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प. तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ ।
वृष– भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछ् ।
मिथुन– यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन ।
कर्कट– आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।
सिंह– शुभचिन्तकहरूको सुझावलाई ेवास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् ।
कन्या– खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।ु स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।
तुला– रुपैयापैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् ।
वृश्चिक– सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । इात्राको पनि योग छ ।
धनु– सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् ।
मकर– अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
कुम्भ– होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
मीन– व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ४४ बजे