८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असार ९,मंगलबार)


९ असार २०७७, मंगलबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार ९ गते मंगलबार तदनुसार जुन महिनाको २३ तारिक २०२० । द्वितीया, आषाढ शुक्लपक्ष । जगन्नाथ रथयात्रा । शक संवत् १९४२ नेपाल संवत् ११४० दिल्लाथ्व प्रमादी उत्तरायण ग्रीष्म सोमवार आषाढ शुक्लपक्ष तिथि द्वितीया , ११ः१५ बजे उप्रान्त तृतीया नक्षत्र पुनर्वशु , १४ः०६ बजे उप्रान्त तिष्य योग ध्रुव , १२ः०६ बजे उप्रान्त व्याघातकरणकौलव ११ः१५ बजेदेखि तैतिल , २२ः४७ बजेउप्रान्त भद्रा चन्द्रराशि मिथुन आनन्दादि योग स्थिर दिनमान ३४।३६ सूर्योदय ०५ः११ सूर्यास्त १९ः०१ श्रीजगन्नाथ रथयात्रा। त्रिपुष्कर योग ११ः१५ बजेसम्म । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प. तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ ।
वृष– भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछ् ।
मिथुन– यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन ।
कर्कट– आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।
सिंह– शुभचिन्तकहरूको सुझावलाई ेवास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् ।
कन्या– खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।ु स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।
तुला– रुपैयापैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् ।
वृश्चिक– सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । इात्राको पनि योग छ ।
धनु– सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् ।
मकर– अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
कुम्भ– होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
मीन– व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ०७ बजे