८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असार १२,शुक्रबार)


१२ असार २०७७, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार १२ गते शुक्रबार तदनुसार जुन महिनाको २६ तारिक २०२० । शक संवत् १९४२ । नेपाल संवत् ११४० । दिल्लाथ्व, प्रमादी, उत्तरायण ग्रीष्म । बिहीवार आषाढ शुक्लपक्ष तिथि पञ्चमी ।०६ः५६ बजेदेखि षष्ठी , २ः५१ बजे उप्रान्त अष्टमी नक्षत्र मघा , ११ः५५ बजे उप्रान्त पूर्वफाल्गुनी योग वज्र ०५ः३५ बजेदेखि सिद्धि , २६ः५३ बजे उप्रान्त वरियान् करण वालव ०६ः५६ बजेदेखि कौलव , १७ः५५ बजे उप्रान्त भद्रा चन्द्रराशि सिंह आनन्दादि योग काण दिनमान ३४।३५ सूर्योदय ०५ः१२ सूर्यास्त १९ः०१ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ ।
वृष– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
मिथुन– पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ ।
कर्कट– पारिवारिक समस्या ले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला ।
सिंह– सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
कन्या– विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
तुला– स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन ।
वृश्चिक– सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ । सावधान रहनु होला ।
धनु– दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।
मकर– मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने ुसमय छ ।
कुम्भ– बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।
मीन– खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : ०३ बजे