८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असार १४,आइतबार)


१४ असार २०७७, आइतबार  

0
Shares

पञ्चाङ्ग
आज २०७७ असार १३ गते आइतबार तदनुसार जुन महिनाको २८ तारिक २०२० शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लाथ्व प्रमादी, उत्तरायण ग्रीष्म, शनिवार, आषाढ शुक्लपक्ष तिथि अष्टमी, २४ः०७ बजे उप्रान्त नवमी, नक्षत्र उत्तरफाल्गुनी , ०९ः०२ बजे उप्रान्त हस्त योग वरियान्, २१ः०० बजे उप्रान्त परिघ करण भद्रा १३ः२१ बजेदेखि वव, २४ः०७ बजे उप्रान्त तैतिल चन्द्रराशि कन्या आनन्दादि योग मित्र दिनमान ३४।३४ सूर्योदय ०५ः१२ सूर्यास्त १९ः०२। ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । विशेष सतर्क रहनु होला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ। आर्थिक अभावले पनि सताउन सक्छ।
वृष– आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। रीसको कारणले हातमा आएका अवसर गुम्न सक्छन्।
मिथुन– नया उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई पनि केही पीडा हुने दिन रहेको छ ।
कर्कट– सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । । केही दण्ड–जरिवानाको पनि सम्भावना छ। महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।
सिंह– अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नसा, जोर्नी वा घुडासम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ।
कन्या– नोकरीमा पदोन्नति,व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ।दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ।
तुला– दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ, सन्तानबाट प्रसन्नता मिल्नेछ, साथै टाढाको यात्रा पनि होला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्।
वृश्चिक– धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।
धनु– निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ।
मकर– यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ।
कुम्भ– प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्पm हुनेहरूका लागि पदोन्नतिको समय छ केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला।
मीन– धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ५९ बजे