८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असार १६,मंगलबार)


१७ असार २०७७, बुधबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार १६ गते मंगलबार तदनुसार जुलाई महिनाको १ तारिक २०२० शक संवत् १९४२। नेपाल संवत् ११४० । दिल्लाथ्व प्रमादी । उत्तरायण ग्रीष्म । मंगलवार, आषाढ शुक्लपक्ष तिथि एकादशी , १६ः५० बजे उप्रान्त द्वादशी नक्षत्र विशाखा , २६ः३८ बजे उप्रान्त अनुराधा योग सिद्ध , ११ः५६ बजे उप्रान्त साध्य करण वणिज ०५ः५९ बजेदेखि भद्रा , १६ः५० बजे उप्रान्त तैतिल चन्द्रराशि तुला आनन्दादि योग धाता दिनमान ३४।३१ सूर्योदय ०५ः१३ सूर्यास्त १९ः०२ । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ।
वृष– राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन्। परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला।
मिथुन– बोलीकै भरमा काम सम्पादन गर्ने समय छ।प्रेम र मित्रताको गाँठो कसिन सक्छ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्।
कर्कट– काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ।मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह– हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कन्या– श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ।
तुला– अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन्
वृश्चिक– पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन्। नाता गाँस्नेहरूले केही दुःख दिनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ।
धनु– स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्।
मकर– बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ गोपनीयतामा ध्यान दिनुहोला। सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् ।
कुम्भ– खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। विवादले मन खिन्न तुल्याउन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन्।
मीन– आतिथ्यपूर्ण सम्मान पाइनेछ। मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ। व्यावहारिक झमेला आइलाग्न सक्छन्। तर अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : ३३ बजे