८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असार १८,विहीबार)


१८ असार २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार १८ गते विहीबार तदनुसार जुलाई महिनाको ०२ तारिक २०२० । शक संवत् १९४२ । नेपाल संवत् ११४० । दिल्लाथ्व प्रमादी । उत्तरायण ग्रीष्म । बुधवार आषाढ शुक्लपक्ष तिथि द्वादशी, १४ः४१ बजे उप्रान्त त्रयोदशी नक्षत्र अनुराधा , २५m२३ बजे उप्रान्त ज्येष्ठा योग साध्य, ०९ः०७ बजे उप्रान्त शुभ करण वालव १४ः४१ बजेदेखि कौलव , २५ः४२ बजे उप्रान्त वणिज चन्द्रराशि वृश्चिक आनन्दादि योग आनन्द दिनमान ३४।३० सूर्योदय ०५ः१४ सूर्यास्त १९ः०२ । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ। आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ। आस मारेको काम बन्नाले उत्साह बढ्नेछ।
वृष– खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ।
मिथुन– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्रा सम्भावना छ।
कर्कट– बोली(व्यवहारमा सजग रहनुहोला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ। सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन्
सिंह– आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ।
कन्या– परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ। सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन्। व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ।
तुला– खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ। स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ। साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ ।परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ।
वृश्चिक– विशिष्ट जनसँग मित्रता बढ्न सक्छ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। बुद्धिको उपयोगले काम लिने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।
धनु– समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यवसायमूलक भ्रमण गर्ने समय छ।
मकर– रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ। अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।
कुम्भ– अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ ।
मीन– रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला। प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ। विभिन्न उपहार समेत पाइएला। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ७ : ०५ बजे