२२ असार ०७७, ललितपुर । आज एकै दिन ललितपुरमा २२ जनामा कोरोना संक्रमित थपिएका छन् । यी कोरोना संक्रमित मध्ये १२ जना महिला र १० जना पुरुष छन् ।
यो संगै ललितपुरमा जम्मा ४२ जनामा कोरोना संक्रमण देखिएको छ । महाकाल गाँउपालिका बाहेक सबै गाँउपालिकामा कोरोना रहेको पुष्टि भइसकेको छ ।
स्वास्थ्य कार्यालय ललितपुरकी मलेरिया इन्पेक्टर इन्दिरा भण्डारीका अनुसार आज महालक्ष्मी नगरपालिकामा ३ जना, गोदावरीमा ५ जना, ललितपुर महानगरमा १४ जना संक्रमित थपिएका छन् ।
ललितपुरका टीकाथलीका ५० वर्षिय र बुंगमतीको ५७ वर्षिय पुरुषको केही समयअघि कोरोनाका कारण मृत्यू भइसकेको छ ।
प्रतिक्रिया