१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज घट्यो कोरोना संक्रमण


२५ असार २०७७, बिहिबार  

0
Shares

 

२५ असार ०७७, काठमाडौं । नेपालमा आज गरिएको कारोना संक्रमणको संख्यामा उल्येख्य कमी आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका दिए । पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ५३१ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ५८८ जनाको पीसीआर नमूना परीक्षण भएको छ । हाल क्वारेन्टिनमा २४ हजार ८२५ जना र आइसोलेशनमा आठ हजार ६०५ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १४९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ८९१ रहेको उनले बताए ।
प्रवक्ता गौतमले सङ्क्रमितको सङ्ख्या कम भए पनि हेलचक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।