८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असार २५,विहबिार)


२६ असार २०७७, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार २५ गते विहीबार तदनुसार जुलाई महिनाको ०९ तारिक । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लागा, प्रमादी, उत्तरायण, ग्रीष्म, बिहीवार, श्रावण कृष्णपक्ष, तिथि पञ्चमी , ११ः२१ बजे उप्रान्त षष्ठी, नक्षत्र पूर्वभाद्रपदा , २९ः५९ बजे उप्रान्त उत्तरभाद्रपदा, योग सौभाग्य, २१ः३५ बजे उप्रान्त शोभन, करण्,ा तैतिल, ११ः२१ बजेदेखि गर, २४ः०७ बजे उप्रान्त वव चन्द्रराशि ,कुम्भ, आनन्दादि योग ध्वांक्ष, दिनमान ३४।२०, सूर्योदय ०५ः१७, सूर्यास्त १९ः०१ पञ्चक । कृष्ण प्रणामी वितक कथा प्रारम्भ। मधुश्रावणी पर्व प्रारम्भ । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ । पढाइ आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ ।
वृष– ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ ।
मिथुन– आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।
कर्कट– आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ ।
सिंह– आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।
कन्या– खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ ।
तुला– आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनु होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ ।
वृश्चिक– लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगती हुने दिन रहेको छ ।
धनु– विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । दिन सामान्य नै रहेको छ ।
मकर– आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा परिएला । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ ।
कुम्भ– आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त होला, र मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ ।
मीन– परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ पनि होला ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ११ बजे