११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४४


२९ असार २०७७, सोमबार  

0
Shares

२९ असार ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ ।

प्रदेशगत रुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।

देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४ सय ७० रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६ सय १३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ ।

हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ ।

प्रवक्ता डा गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ ।

नेपालमा ५ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् ।  हाल सङ्क्रमित नरहेको जिल्ला धनकुटा,  भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् ।

काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए । उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले भने, “फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।”

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो ।

आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताउनुभयो । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : २० बजे