८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन २,शुक्रबार)


२ श्रावण २०७७, शुक्रबार  

0
Shares

पञ्चाङ्ग

आज २०७७ साउन २ गते शुक्रबार तदनुसार जुलाई महिनाको १७ तारिक ।  शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लागा, प्रमादी, दक्षिणायन, वर्षा, बिहीवार,श्रावण कृष्णपक्ष, तिथि द्वादशी, २२ः५३ बजे उप्रान्त त्रयोदशी, नक्षत्र रोहिणी, १९ः४८ बजे उप्रान्त मृगशिरा, योग वृद्धि, २४ः१४ बजे उप्रान्त ध्रुव, करण, कौलव १०स्२८ बजेदेखि तैतिल , २२स्५३ बजे उप्रान्त भद्रा चन्द्रराशि वृष आनन्दादि योग, मित्र, दिनमान ३४।०७, सूर्योदय ०५ः२० सूर्यास्त १८ः५९ । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी । भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।

राशीफल

मेष– स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ।

वृष– अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । अन्नलाभ पनि हुने देखिन्छ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिनेछ ।

मिथुन– हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ ।

कर्कट– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ ।

सिंह– ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ ।

कन्या– मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

तुला– पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

वृश्चिक– नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ ।

धनु– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन ।

मकर– छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ ।

कुम्भ– अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ ।

मीन– दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : २५ बजे