८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन ५,सोमबार)


५ श्रावण २०७७, सोमबार  

0
Shares

पञ्चाङ्ग
आज २०७७ साउन ५ गते सोमबार तदनुसार जुलाई महिनाको २० तारिक । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लागा, प्रमादी, दक्षिणायन, वर्षा, आइतवार, श्रावण कृष्णपक्ष, तिथि औंसी, २२ः४४ बजे उप्रान्त प्रतिपदा, नक्षत्र पुनर्वशु, २१ः५४ बजे उप्रान्त तिष्य, योग हर्षण, २१ः११ बजे उप्रान्त वज,्र करण, चतुष्पद, ११ः०४ बजेदेखि नाग, २२ः४४ बजे उप्रान्त वालव, चन्द्रराशि मिथुन, आनन्दादि, योग धुम्र,दिनमान ३४।००, सूर्योदय ०५ः२१, सूर्यास्त १८ः५८  दर्शश्राद्ध । सोमवारे औंसी । हलो तथा निशि बार्ने  । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी । भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
वृष– अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ तर स्वास्थ्यमा सजक रहनु होला ।
मिथुन– समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
कर्कट– परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । तर सामान्य धन भनि प्राप्त होला । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।
सिंह– फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि देखिन्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
कन्या– सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ ।
तुला– पढाइलेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाले फाइदा दिलाउनेछ ।
वृश्चिक– प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
धनु– अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला, पछि काम बिग्रनाले मन खिन्न हुनेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ ।
मकर– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
कुम्भ– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सहयोगीहरूले पनि काममा साथ दिनेछन्।
मीन– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ४८ बजे