५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज देशभर १ सय ५० सङ्क्रमित


६ श्रावण २०७७, मंगलबार  

0
Shares

६ साउन ०७७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९ सय ६३ नमूना परीक्षणमा १ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ९सय ९४ पुगेको छ ।

आज सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा २०, महोत्तरीमा १४, दैलेखमा १०, काठमाडौँ र उदयपुरमा आठ÷आठ, चितवन र मकवानपुरमा पाँच÷पाँच, बझाङ र डोटीमा चार÷चार, मोरङ, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, बाँके, सर्लाही, दाङ र कैलालीमा तीन÷तीनजना सङ्क्रमित थपिएका छन् ।

यस्तै झापा, इलाम, पर्सा, रामेछाप र सल्यानमा दुई÷दुई तथा सप्तरी, काभ्रेपलाञ्चोक, कैलाली, नुवाकोट, ललितपुर, नवलपरासीमा एक÷एक सङ्क्रमित थपिएका छन् । हालसम्म तीन लाख २३ हजार ८३५ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ७ सय ४ र आइसोलेशनमा पाँच हजार ४ सय  ७७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त भएर ६ सय ९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । जुन कूल सङ्क्रमितको ६९.३४ प्रतिशत हो । अहिले पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा पाँच हजार ४७७ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं २ को रौतहट तथा सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

सात जिल्ला कोरोनाको सक्रिय सङ्क्रमित मुक्त भएका छन् । प्रदेश नं १ को भोजपुर, पाँचथर, धनकुटा र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाको सक्रिय सङ्क्रमित छैनन् । विश्वमा हालसम्म एक करोड ४८ लाख ६६ हजार ३ सय  ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये छ लाख १३ हजार ५ सय ५० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : ५६ बजे