५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विहीबार थपिए १ सय ४७ जना कोरोना संक्रमित


८ श्रावण २०७७, बिहिबार  

0
Shares

८ साउन ०७७, काठमाडौं । विहीबार देशभर थप १ सय ४७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा विहीबार सााझ आयाोजित नियमित पत्रकार सम्मेलनमा यो जनकारी दिइएको हो ।
प्रवक्ता डा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका प्रयोगशालाबाट संकलित विवरण पढेर सुनाउका थिए । देशभरबाट संकलित तीन हजार ४८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिउका छन् । योसँगै अहिलेसम्म सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार २ सय ४१ पुगेको छ ।
अहिलेसम्म अस्पतालबाट डिसचार्ज हुन बाँकी सङ्क्रमितको सङ्ख्या पाँच हजार ३ सय ५८ छ । प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १ सय २४, प्रदेश नं २ मा एक हजार ८ सय ९७, वाग्मती प्रदेशमा ४ सय २७, गण्डकी प्रदेशमा ३ सय २४, प्रदेश नं ५ मा ३ सय ४४, कर्णाली प्रदेशमा ३ सय ४ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९ सय ३८ रहेको छ ।
कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १ सय ५६ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ८ सय ४० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या २० हजार ९८ जना छन् ।

सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढिरहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।
थप एकको मृत्य
त्यसैगरी कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा यही साउन ७ गते निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ६ : २४ बजे