८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन ११,आइतबार)


११ श्रावण २०७७, आइतबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ साउन ११ गते आइतबार तदनुसार जुलाई महिनाको २६ तारिक । शक संवत् १९४२, नेपाल संवत् ११४०, गुँलाथ्व, प्रमादी, दक्षिणायन, वर्षा, शनिवार, श्रावण शुक्लपक्ष, तिथि षष्ठी, ११ः४५ बजे उप्रान्त सप्तमी, नक्षत्र हस्त, १५ः३३ बजे उप्रान्त चित्रा, योग शिव ०६ः१९ बजेदेखि सि , २७ः१६ बजे उप्रान्त शुभ, करण, तैतिल, ११ः४५ बजेदेखि गर, २२ः३१ बजे उप्रान्त वव, चन्द्रराशि कन्या, आनन्दादि योग मानस, दिनमान ३३।४५, सूर्योदय ०५ः२४, सूर्यास्त १८ः५५, द्विपुष्कर योग १५ः३३ बजेपछि । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी । भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ। विभिन्न अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला ।
वृष– अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरू दुख देलान्। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
मिथुन– पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् ।
कर्कट– परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला । तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला ।
सिंह– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ ।
कन्या– समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ ।
तुला– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ ।
वृश्चिक– स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्याउला। रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
धनु– लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ ।
मकर– कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।
कुम्भ– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।
मीन– विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। ेमेहनतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : २७ बजे