
२४ साउन ०७७,ललितपुर । ललितपुर जिल्लाव्यापी गजल लेखन प्रतियोगिता २०७७ हुने भएको छ । गोदावरी साहित्य परिषद् र गजल मञ्च ललितपुरको आयोजनामा मोतीजयन्ती २०७७ का अवसरमा पारेर यो प्रतियोगिता हुन लागेको हो ।
गजल प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार ,तीन हजार र दुई हजार पुरस्कार र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।
ग्जल प्रतियोगितामा माग लिन इच्छुकले गजल लेखी यही भाद्र २ गते भित्र पठाइसक्नु पर्नेछ । गजल पाँचदेखि सात शेरसम्मको हुनुपर्ने नियम रहेको छ ।
मेतीजयन्तीको सन्दर्भमा आयोजित प्रतियोगिता भाद्र पहिलो साताभित्र पुरस्कार घोषणा गरिने प्रतियोगिका संयोजक नवराज सञ्जेलले ललितपुर खबरलाई जानकारी दिएका छन् ।
२४ श्रावण २०७७, शनिबार
0
Shares








प्रतिक्रिया