८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन २६,सोमबार)


२६ श्रावण २०७७, सोमबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ साउन २६ गते सोमबार तदनुसार अगस्ट महिनाको १० तारिक । शक संवत् १९४२, नेपाल संवत् ११४०, गुँलागा, प्रमादी, दक्षिणायन, वर्षा, आइतवार, भाद्र कृष्णपक्ष तिथि सप्तमी, ३०ः१९ बजे उप्रान्त अष्टमी, नक्षत्र अश्विनी, २०ः५० बजे उप्रान्त भरणी, योग शूल, ०७ः४८ बजे उप्रान्त गण्ड, करण, भद्रा १७ः२०, बजेदेखि वव, ४३ः१४ बजे उप्रान्त कौलव, चन्द्रराशि, मेष, आनन्दादि, योग राक्षस, दिनमान ३३।००, सूर्योदय ०५ः३२, सूर्यास्त १८ः४४। ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला ।
वृष– अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउबाट पैसा आउने देखिन्छ ।
मिथुन– कमाइ रामै्र संग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, टाढाको यात्राको पनि योग छ । आज तपाइको नया ठाउको भ्रमणले आर्थिक लाभ हुन सक्छ र कसैबाट समर्थन पनि पाइएला ।
कर्कट– स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैयापैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला होस पुर्याउनु होला ।
सिंह– आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ सावधान रहनु होला । आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहोला ।
कन्या– आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
तुला– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला साथै आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
वृश्चिक– कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ, केही कारणले धनको पनि नाश होला ।
धनु– मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ ।
मकर– काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । गुरुजन, छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला ।
कुम्भ– सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन, जाँगर बढ्नेछ ।
मीन– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, अनावश्यक ठाउमा पैसा खर्च हुदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : २७ बजे