२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिन्धुपाल्चोकको लिदीमा पहिरो १३ घर पुरियो, १५ घाइते


३० श्रावण २०७७, शुक्रबार  

0
Shares


३० साउन ०७७, सिन्धुपाल्चोक । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा शुक्रबार बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिइन् ।
पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले बताएका छन् । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेकोले कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिएका छन् । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँन लागेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।