८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन ३१,शनिबार)


३१ श्रावण २०७७, शनिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ साउन ३१ गते शनिबार तदनुसार अगस्ट महिनाको १४ तारिक । शक संवत् १९४२, नेपाल संवत् ११४०, गुँलागा, प्रमादी, दक्षिणायन, वषार्, शुक्रवार भाद्र कृष्णपक्ष तिथि एकादशी, ११ः०१ बजे उप्रान्त द्वादशी नक्षत्र आर्द्रा, २९ः२२ बजे उप्रान्त पुनर्वशु, योग हर्षण, ०८ः१८ बजे उप्रान्त वज्र, करण, वालव, ११ः०१ बजेदेखि कौल , २३ः०५ बजे उप्रान्त वालव, चन्द्रराशि मिथुन, आनन्दादि योग, मुद्गर, दिनमान ३२।४३,, सूर्योदय ०५ः३५, सूर्यास्त १८?४०, सूर्योदय कालीन स्पस्ट ग्रहहरू । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ ।
वृष– भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।
मिथुन– गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला ।
कर्कट– बाध्यतापूर्ण काममै समय बित्न सक्छ, ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन ।
सिंह– विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ ।
कन्या– आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ ।
तुला– भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन पा्रप्तीको योग छ, टाढाको यात्रा पनि होला ।
वृश्चिक– ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् छरछिमेकमा झगडा हुन सक्छ एकदमै सावधान रहनु होला । गलत विचार बढने, समयमा निर्णय नहुदा काममा अवरोध आउने साथै झै झगडा पनि होला ।
धनु– नया काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ ।
मकर– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन ।
कुम्भ– व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविधलाभ पनि होला । सहयोग र नयाँमित्रको आगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला ।
मीन– उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : १७ बजे