५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना कहर ःभदौ ६ सम्म दोलखामा लकडाउन


३१ श्रावण २०७७, शनिबार  

0
Shares


३१ साउन ०७७,दोलखा । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा यहि भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्लाका केही स्थानीय तहमा समेत कोरोनाका संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन् । शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : २६ बजे