५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार ४ सय ६८ जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु


३१ श्रावण २०७७, शनिबार  

0
Shares


नेपालमा थप ४ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
उनले भने, “गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४ सय ४७ नमूना परीक्षण गर्दा ४ सय ६८ जनामा कोरोना देखिएको छ”, यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ ।” गौत्तमका अनुसार हालसम्म १७ हजार २ सय १ जना उपचारपछि निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख पाँच हजार ६ सय ६० जनाको पिसीआर परीक्षण गरिएको छ । प्रवक्ता डा गौतमले पछिल्लो समयमा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि खटिएका चिकित्सक र नर्सहरुमा समेत कोरोना सङ्क्रमण देखिएको र उनीहरुमाथि दुव्र्यवहार भएको समाचार प्राप्त भएको भन्दै दुव्र्यवहार नगर्न सबैमा आग्रह गरे ।

हालसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार ८ सय ९० कोरोनाबाट सङ्क्रमित छन् । यसको सङ्क्रमणबाट हालसम्म सात लाख ६३ हजार ३ कोरोना ८७ जनाको मृत्यु भइसकेको छ । एक करोड ४१ लाख ५१ हजार ७ कोरोना ६६ जना उपचारपछि निको भएर फर्किएका छन् ।
मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य छन् ।
थप तीनको मृत्यु,मृतकको सङ्ख्या १ सय २ पुग्यो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक÷एक गरी तीन जनाको मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या १ सय २ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ३७ बजे