५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार देशभर ६ सय ८१ ज्नामा कोरोना संक्रमण


३ भाद्र २०७७, बुधबार  

0
Shares


३ भदौ ०७७, काठमाडौं । बुधबार नेपालभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण पनि ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले दिएको जनाकारी अनुसार ११ हजार ५ सय २२ जनाको परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएको जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकामा भने बुधबार १ सय ५९ जनामा कोरोना संक्रमण देखिएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ सय ३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना भेटिएको छ ।
योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या जम्मा २८ हजार ९ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर घर जानेको संख्या भने १ सय २० जान रहेको छ । अहिलेसम्म उपचार गरेर निको भई घर जानेको संख्या जम्मा १७ हजार ७ सय पुगेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ४४ बजे