१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार एकै दिन कोरोना भाइरसबाट ११ को मृत्यु


१० भाद्र २०७७, बुधबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

१० भदौं ०७७, काठमाडौं । बुधबार कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ७५ पुगेको छ ।
बुधबार सार्वजनिक गरिएको बिवरणअनुसार, मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् । मृत्यु हुनेमा मोरङ र भक्तपुरका एकएक महिला छन् । पछिल्लो २४ घण्टामा मृत्यु भएका पुरुषमा महोत्तरीका तीन कैलालीका दुई, बाराका दुई, बाँके र काठमाडौँका एक पुरुष छन् ।
छ जिल्लमा ५ सय भन्दा बढी सङ्क्रमित, दुईमा सून्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५ सयभन्दा बढी छन् भने दुई जिल्लामा सून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, रौतहट, बारा, सर्लाही महोतरी र काठमाडौँ रहेका छन् । हाल सङक्रमितको सङ्ख्या सून्य रहेका जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।