१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको चक्रपथ क्षेत्रभित्र शुक्रबार कर्फ्यू


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

ललितपुरको धोविघाट चक्रपथ । तस्विर ः ललितपुर खबर

१८ भदौं ०७७, ललितपुर । जिल्ला प्रशासन कार्यालय, ललितपुरले  ललितपुरको चक्रपथभित्र कर्फ्यू लगाएको छ ।
विहीबार दिनभर रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोक क्षेत्रमा  दोहोरो झडप भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी कर्पm्यु आदेशमा
‘केही उत्श्रृखल व्यक्ति र समूहहरुले कठीन परिस्थितीको नाजायज फाइदा धार्मिक साँस्कृतिक विश्वासमा खलल पु¥याई शान्ति सुरक्षा भंग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइउकाले सो अवस्थाबाट शान्ति सुरक्षा भंग हुनसक्ने देखिएकाले ललितपुर जिल्लाको ललितपुर महानगपालिका भित्र वल्खुदेखि मनहरा पुलसम्म चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा मिती २०७७ भदौ १९ गते विहान ४ बजेदेखि २०७७ भदौ १९ रातको १० बजेसम्म लागू हुने गरि स्थानीय प्रशासन ऐन२०४८ को दफा ६ क बमोजिम कर्फुयुको आदेश जारी गरिएको छ ।’ उल्येख छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।