५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा थपिए ३ सय ९६ सङ्क्रमित


२३ भाद्र २०७७, मंगलबार  

0
Shares


२३ भदौं ०७७, ललितपुर । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ सय ९६ नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ३ सय , भक्तपुरमा ५८ र ललितपुरमा ३८ सङ्क्रमित फेला परेका छन् ।
१० हजार ६ सय ११ नमूना परीक्षणमा देशभर ९ सय २ जनामा कोरोना सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिउका छन् ।
कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २०, सप्तरी, सुर्खेत र गोरखामा १८र१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, वाग्लुङमा १०, कञ्चनपुरमा नौ, रौतहट, धादिङ र रामेछापमा आठरआठ सङ्क्रमित फेला परेका छन् ।
बर्दिया र नवलपरासी पूर्वमा सातरसात, सर्लाहीमा छ, बाँकेमा पाँच, सिरहा र महोत्तरीमा चाररचार, नुवाकोट, दाङ र तनहुँमा तीनरतीन, उदयपुर, दोलखा र काभ्रेपलाञ्चोकमा दुईरदुई, इलाम, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, रोल्पा र दैलेखमा एकरएक सङ्क्रमित थपिएका छन् । मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ३९ बजे