७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ भदौं २५,विहीबार)


२५ भाद्र २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ भदौं २५ गते विहीबार तदनुसार सेक्टेम्बर महिनाको १० तारिक । जितिया पर्व, जितिया पर्व (जितिया पर्व मनाउने महिला मात्र), अष्टमी श्राद्ध । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– विबाद बढ्नाले सामाजिक मर्यादामा संकट आउनेछ । विगतमा गरेको गल्तीका कारण तनाव सिर्जना हुनेछ ।
वृष–आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
मिथुन–धनलाभको योग छ । दिन खुशीका साथ बित्ने छ ।
कर्कट–यात्राको योग छ । पुराना साथीसंगको भेटघाट होला ।
सिंह– स्वास्थय कमजोर हुनेछ । रोगब्याधले पनि सताउन सक्छ ।
कन्या– अरुको कामबाछ जस पाउने सम्भावना कमै छ । छर–छिमेकमा असमझदारी बढ्ने योग छ ।
तुला–धार्मिक क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । शारीरिक अस्वस्थताको सम्भावना छ ।
वृश्चिक–व्यावसायिक काम अवरुद्ध बन्न सक्छ । धनलाभ होला ।
धनु– कुरा काटनेहरु बढनेछन बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ।
मकर– जागीरमा पनि समस्या देखा पर्न सक्छ । मान पाउने योग छ ।
कुम्भ–तपाइले सोचेको काम पुरा हुन सक्छ, पाहुना आउने योग रहेको छ ।
मीन– कमाईको नयाँ श्रोत फेला पर्नेछ । ब्यापारमा पनि फाइदा होला ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ७ : ३४ बजे