७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असोज १७, शनिबार)


१७ आश्विन २०७७, शनिबार  

0
Shares

पञ्चाङ्ग
आज २०७७ असोज १७ गते शनिबार । तदनुसार सेक्टेम्बर ३ तारिक २०२० । ज्योतिष पण्डित तुलसी भारद्घाज निरौलाद्घारा लेखिएको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।
वृष– शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
मिथुन– विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन्।
कर्कट– कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाले फाइदा दिलाउनेछ ।
सिंह– सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन
कन्या– मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ ।
तुला– तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । र
वृश्चिक– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सहयोगीहरूले पनि काममा साथ दिनेछन
धनु– परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन
मकर– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कुम्भ– विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ तर स्वास्थ्यमा सजक रहनु होला ।
मीन– सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : १५ बजे