८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल( २०७७ असोज १८, आइतबार)


१८ आश्विन २०७७, आइतबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असोज १८ गते आइतबार । तदनुसार सेक्टेम्बर महिनाको ४ तारिक २०२० । तृतिया अधिक अश्विन कृष्णपक्ष । ज्योतिष पण्डित तुरसी भारद्घाज निरौलाद्घारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ ।
वृष– आजको कामबाट मनग्य धनलाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन्
मिथुन– सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि देखिन्छ ।
कर्कट– काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।
सिंह– व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ ।
कन्या– शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।
तुला– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ ।
वृश्चिक– समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।
धनु–सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला ।
मकर– साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
कुम्भ– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
मीन– समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ४१ बजे