२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कोरोनाको जोखिम मोलेर दशैंमा घर नजान सरकारको उर्दी


१९ आश्विन २०७७, सोमबार  

0
Shares

दशैंको टिका जमरा । तस्विर ः प्रेम मोक्तान

१८ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको दसैंमा घर नजान उर्दी जारी गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा भएका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्व्र गौत्तमले भने,‘यो बर्ष जहाँ छ, त्यहीँ स्थानमा मनाउन होला ।’ अपिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले यसपालीको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए ।
पछिल्लो दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गइरहेको छ । मन्त्रालयले चाडबाडमा काठमाडौंबाट गाँउ जानेहरुले कोरोना फैलाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
दसैंमा लाखौं मानिस काठमाडौं उपत्यकाबाट घर जाने भएकोले कोरोना फैलने खतरा ज्यादा छ । दशैं तिहार जस्ता पर्व मनाउन
अहिले उपत्यका नै संक्रमणको उच्च जोखिममा छ । आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमबार देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन् । दसैं नजिकिँदै गर्दा उपत्यकाबाट लाखौं मानिस घर जानलाई तयार छन् । विज्ञहरूले समेत उपत्यकाबाट घर जानेहरूबाट गाउँगाउँमा संक्रमण फैलिने जोखिम रहेको औँल्याएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १२ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।